जलपाइगढ़ी, 06 नोभेम्बर (हि.स.)। आमबाड़ी रेञ्जका वनकर्मीहरूले एक दुर्लभ प्रजातिको एउटा बाँस मूसा (बेम्बू ऱ्याट) जफत गरेका छन्।
जानकारी अनुसार, आज राजगंज ब्लकको बैकुण्ठपुर जंगल संलग्न पनाशगुड़ी गाउँमा नदी छेउ स्थानीय मानिसहरूले ठूलो आकारको एउटा मूसा देखे। जसपछि आमबाड़ी रेञ्ज्का वन कर्मीहरूलाई यसको सूचना दिइयो। सूचना पाएर वनकर्मी घटनास्थलमा पुगे औं दुर्लभ प्रजातिको उक्त बाँस मूसालाई आफ्नो कब्जामा लिए।
वन विभाग अनुसार, यो एक दुर्लभ प्रजातिको मूसा हो, यद्यपि, यसलाई बेम्बू ऱ्याट नामले चिनिन्छ। यो मुख्य रूपमा दक्षिण पूर्व नेपालदेखि लिएर दक्षिणी चीन, म्यान्मार सहित थाईल्याण्डसम्मका अग्ला क्षेत्रहरूमा बाँसको रूखमा बस्छ। यसलाई बैकुण्ठपुर जंगलमा पहिलो पल्ट देखिएको छ।
हिन्दुस्थान समाचार/भवानी
