
तिनसुकिया, 27 नोभेम्बर (हि.स.)। असमको दुमदुमामा जङ्गली हात्तीको हमलामा एक नाबालिग नानीको मृत्यु भएको छ। यो घटना बरडूबीको चार नम्बर लाइनमा भयो। मृतक नानीको नाम 12 वर्षीय लखीप्रिय पातर बताइएको छ।
पुलिसले आज बताए अनुसार, जङ्गली हात्तीहरूको हमला त्यस समय भयो जब नानी हरिनाम संकीर्तनबाट घर फर्किरहेकी थिइन्। घटनास्थलमै नानीको मृत्यु भयो। पुलिसले नानीको शव पोस्टमार्टमको निम्ति पठाएको छ।
हिन्दुस्थान समाचार/भवानी
