नयॉं दिल्ली, 03 जनवरी (हि.स.)। राष्ट्रिय राजधानी दिल्लीको बवाना इण्डस्ट्रियल एरियामा अबेर राति एउटा प्लास्टिकको फ्याक्ट्रीमा आगो लाग्यो। सूचना पाउनसाथ दमकल विभागको 25 गाडी घटना स्थल पुग्यो र अथक प्रयासपछि आगोलाई नियन्त्रित गर्न सफल बन्यो। यस घटनामा कसैको ज्यानलाई हानि पुगेको सूचना छैन। दमकल विभाग अनुसार, अहिले कूलिङको काम चलिरहेको छ।
दमकल विभागले शुरूमा चार गाड़ी पठाएको थियो। तर, आगोको भयावहतालाई ध्यानमा राख्दै एक-एक गर्दै कुल 25 गाड़ी पठाइयो। आगो लाग्नुको कारण अहिले स्पष्ट हुन सकेको छैन। शर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने आशंका व्यक्त गरिएको छ। दुर्घटनाको समय फ्याक्ट्रीमा कामदारहरू थिएनन्। दमकल विभागले आगो बेसमेन्टबाट शुरू भएको र तेस्रो तलासम्म पुगेको बताएको छ।
हिन्दुस्थान समाचार/भवानी
