वाराणसी, 21 जनवरी (हि.स.)। अयोध्यामा रामललाको भव्य मन्दिरमा प्राण प्रतिष्ठाको पूर्व सन्ध्यामा आइतवार काशी विश्वनाथको नगर काशी पूर्णरूपमा राममय बनेको छ। आज बिहान शहरका विभिन्न ठाउॅंहरूमा भगवान रामको शोभायात्रा निकालियो। यसका साथै भगवान रामको पताका सडकहरू र गल्लीहरूमा, सार्वजनिक पार्कहरूमा लगाइएको छ।
शास्त्री घाट वरुण पुलदेखि भाजपा श्रम प्रकोष्ठ काशी क्षेत्रका कार्यकर्ताहरूले शोभायात्रा निकाले, जुन नदेसर, भोजूबीर, अर्दली बजार हुॅंदै महावीर मन्दिरसम्म पुग्यो। यस क्रममा अशोक विहार कलोनी, हुकुलगंज बघवानालाबाट पनि भगवान रामको भव्य शोभायात्रा निकालियो। यसमा भाजपा, विश्व हिन्दू परिषदका कार्यकर्ताहरू, स्थानीय नागरिकहरू सहभागी गने।
प्राण प्रतिष्ठा समारोहको पूर्व सन्ध्यामा बीएचयू पनि राममय बन्यो। लंकास्थित विविको सिंहद्वारदेखि लिएर परिसरको छात्रावास, विश्वनाथ मन्दिरसम्म ठाउॅं ठाउॅं राम ध्वज पताका फहराइयो। छात्र पनि पूर्ण उत्साहको साथमा समूहमा र बाइक ऱ्यालीमा जय श्री रामको जयघोष गरे। ठाउॅं ठाउॅं रंगोली बनाएर भगवान रामको आकृति बनाइएको छ।
हिन्दुस्थान समाचार/भवानी
