डेहरी आनसोन, 10 अक्टोबर (हि.स.)। बिहारमा रोहतास जिल्लाको शिवसागर थानाको किरहिन्डी गाउँमा आज बिहान पारिवारिक विवादमा काकाले भान्जीलाई गोली दागेर हत्या गऱ्यो।
पुलिस अनुसार, शुक्रवार बिहान 17 वर्षीय शिवानी कुमारी उर्फ गोल्डीलाई पारिवारिक झगड़ामा काका सुधाकर सिंहले गोली दाग्यो। गोली किशोरीको गर्दनमा लाग्यो। गोली लाग्दा घाइते किशोरीलाई उपचारको निम्ति सदर अस्पताल सासारामको ट्रामा सेन्टरमा लगियो, जहाँ उपचारको क्रममा उसको मृत्यु भयो।
गाउँलेहरू अनुसार, एक वर्ष अगाड़ी पनि काकाले भान्जीको टाउँकोमा लौरोले प्रहार गरी घाइते बनाएको थियो। भनिन्छ, परिवारमा दुई वर्षदेखि सम्पत्तिलाई लिएर विवाद चलिरहेको छ। घटनाको सूचना शिवसागर थाना पुलिसलाई दिइएको छ।
एसपी रौशन कुमारले बताए, काकालाई पक्राउ गरिएको छ। अहिले छापामारी जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी
