गान्तोक, 16 अक्टोबर (हि.स.)। भारतीय वायुसेनाको हेलिकप्टर र पवन हंस लिमिटेडले उत्तर सिक्किममा फसेका मानिसहरूलाई सोमवार बिहानदेखि निकाल्ने काम शुरू गरेको छ। पहिलो चरणमा टिस्टा त्रासदीपछि लाचेन र पेगोङमा फसेका 23 जनालाई ल्याइएको छ।
सेनाको हेलिकप्टरले 19 जना ल्याएको छ जसमा 17 जना स्थानीय र 2 जना मजदुर सामेल छन्। यसैगरी पवन हंस लिमिटेडले 4 जना लिएर आएको छ जसमा 3 जना स्थानीय र एक जना मजदुर सामेल छन्। पवन हंसले बिहान मंगनको रिङहिम हेलिप्याडबाट पेगोङ, चुङथाङको निम्ति राहत सामग्री लिएर उडेको जानकारी आईपीआर विभागले दिएको छ।
हिन्दुस्थान समाचार/बिशाल
