दार्जीलिङ, वैष्णवी प्रोडक्शनको सक्रियतामा प्रत्येक वर्ष जस्तै यसपाली पनि विश्व नाट्य दिवस पालन गरियो। दार्जीलिङको दिव्यवाणी भवनमा पालन गरिएको यस विश्व नाट्य दिवसको अवसरमा वैष्णवी प्रोडक्शनले नाट्य कलाकार पुकार गुरूङ अनि मोहन विष्टलाई सम्मान जनायो।
यसका साथै नाट्य क्षेत्रमा अझ प्रोत्साहन दिने मूल उद्देश्य राखेर बैष्णवी प्रोडक्शनले युवा कलाकार रोशन शर्मालाई पनि सम्मान जनाएको छ। प्रोडक्शनले विगतमा पनि दार्जीलिङ तथा वरिपरिका कलाकारहरूलाई यसै अवसर पारेर सम्मान जनाउँदै आएको छ।
रेभरेन्ट फादर एलेक्स गुरूङको मुख्य आतिथ्यमा आयोजित यस समारोहमा गीतकार दलसिंह अकेलाले स्वागत वक्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा बैष्णवी प्रोडक्शनका निर्देशक आदित्या रायाले विश्व नाट्य दिवसको औचित्यबारे प्रकाश पारेका थिए। यस अवसरमा विविध कार्यक्रमहरू आयोजना गरिएको थियो।
