सुलतानपुर, 03 फरवरी (हि.स.)। कोतवाली थाना नगर क्षेत्रका हिस्ट्रीशीटर, हत्या, लुट एवं ग्याङ्गस्टर समेत दर्जनौं मुद्दाहरूका आरोपी पुलिसको भिड़न्तमा घाइते भए जसलाई उपचारको निम्ति मेडिकल कलेजमा भर्ती गरिएको छ।
थाना कोतवाली नगर क्षेत्रमा आरोपीले एकजना जूस व्यापारीमाथि आक्रमण गरेका थिए। पुलिसले मुद्दा पञ्जीकृत गरी घटनाको जाँच शुरू गरेको छ। क्षेत्राधिकार शिवम मिश्राले शनिवार बताए, आरोपी इरफानको खोजीमा पुलिस टीमलाई खटाइएको थियो। थाना बन्धुआकला क्षेत्रमा सुराकीको सूचनाको आधारमा पुलिसले आरोपीलाई पक्राउ गर्ने प्रयास गर्दा आरोपीले पुलिस दलमाथि नै गोली दाग्न शुरू गरे। जवाफी कारबाहीमा आरोपी इरफानलाई गोली लाग्यो। आरोपीलाई उपचारको निम्ति जिल्ला अस्पताल सुलतानपुर पुऱ्याइएको छ। उपचारपछि आरोपीलाई कारावासमा पठाउने कारबाही गरिनेछ।
