गान्तोक: राज्यका शहरी एवम आवास विभाग मन्त्री एलबी दासले आज टाशी नामग्याल उच्चत्तर माध्यमिक विद्यालयदेखि इन्दिरा बाइपाससम्म पुग्ने सडकको उद्घाटन मानबीर कलोनीमा गरे।
यस सडक निर्माणको निम्ति वर्ष 2017 देखि पहल गरिएको थियो, यसको लम्बाइ 1352 मिटर रहेको छ। राज्यका मानिसहरूको आवश्यकतालाई पूरा गर्न सिक्किम पब्लिक वर्क म्यानुअलका मापदण्डहरू अनुशरण गर्दै सडक अत्याधुनिक प्रविधिको साथ डिजाइन गरिएको छ।
प्रस्तावित सडक ओडीआर आवश्यकतामा आधारित एक लेन सडक हो र सुरक्षा उद्देश्यका लागि १ः१२ को लामो ढलान हुने अपेक्षा गरिएको छ। सोही क्रममा मन्त्री दासले नाबार्डको पहलमा निर्माण गरिएको 20 मिटर लामो पुलको पनि उद्घाटन गरेका छन्।
