हैलाकांदी (असम), 20 फरवरी: हैलाकांदी पुलिसले हैलाकांदी सदर पुलिस चौकी अन्तर्गत बौयाघाट क्षेत्रमा गए सोमवार राती खोजी अभियानको क्रममा 5 हजार 6 सय याबा ट्याबलेट जफत गरेको छ। पुलिसले तस्करीको आरोपमा दुईजना मानिसहरूलाई पनि पक्राउ गरेको छ।
पुलिसले मंगलवार बताएको छ, हैलाकांदीका पुलिस उपाधीक्षक सुरजित चौधरीको नेतृत्वमा सदर पुलिस चौकी अन्तर्गत बौयाघाट क्षेत्रमा छापामारीको कारबाही गरियो। पुलिसले यहाँबाट बाइक सवार दुईजना मानिसहरूबाट 5 हजार 6 सय याबा ट्याबलेट जफत गरी दुवैलाई कब्जामा लियो जसको पहिचान कलामुद्दीन लस्कर र अशरफ उद्दीन लस्करको रूपमा भएको छ। जफत गरिएको प्रतिबन्धित याबा ट्याबलेटको बजार मूल्य अनुमानित 5 लाख रुपियाँ रहेको छ। हैलाकांदी पुलिसले दुवैसित जाँचबुझ गरिरहेको छ।
