मंगन, उत्तर सिक्किमको मंगन जिल्लाका तीनैवटा निर्वाचन क्षेत्रमा शुक्रवार शान्तिपूर्ण ढंगमा चुनाउ सम्पन्न भयो। बिहान सात बजीदेखि शुरू भएको मतदान राति 10 बजीसम्म चलेको थियो।
भारतको निर्वाचन आयोगले जारी गरेको रिपोर्ट अनुसार, मंगन जिल्लाको जङ्गु निर्वाचन क्षेत्रमा सर्वाधिक भोट रेकर्ड गरियो। यहॉं कुल 83.36 प्रतिशत मतदान भएको छ। दोस्रो सर्वाधिक भोट लाचेन मंगन निर्वाचन क्षेत्रमा भयो, जहॉं 80.44 प्रतिशत मतदान रेकर्ड गरिएको छ। काबी लुङचोकमा 78.29 प्रतिशत मतदान भएको छ।
