कोलकाता, कोलकाताको बीएनआर अस्पतालमा मंगलवार बिहान आगलागी भएर खैलाबैला मच्चियो। पुलिसका एकजना अधिकारीले बताए, घटनामा कोही पनि घाइते भएका छैनन्। आगो सबैभन्दा पहिला बिहान 6:40 बजे गार्डनरीच क्षेत्रस्थित अस्पतालको नेत्र विभागमा लागेको थियो।
अधिकारीले भने, ””विभागका सबै रोगीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरित गरिएको छ। कोही पनि घाइते भएका छैनन्।”” उनले बताए, दमकला दुईवटा वाहनले लगभग 40 मिनटभित्रमा आगोलाई नियन्त्रण गऱ्यो। आगलागीको कारण जाँचपछि नै पत्तो लाग्ने उनले अन्तमा बताए।
