गुवाहाटी। मनाह नेशनल पार्क नजिक नारायणगुड़ीस्थित बेकी नदीमा डुबेका तीनजना युवकहरूमध्ये एकजनाको शव उद्धार गरियो। पुलिसले बिहीवार बतायो, गए बुधवार बेकी नदीमा नुहाउन गएका तीनजना युवकहरू बेपत्ता भएका थिए। तीनै युवकहरू बरपेटा रोडबाट मनाह नेशनल पार्क घुम्न गएका थिए। बेपत्ता भएका तीनजना युवकहरूमा दुईजना दाज्यु-भाइ क्रमैले द्विप साहा, राज साहा र उनीहरूको साथी अभिजित कर्माकर सामेल छन्।
बिहीवार बिहान राज साहाको शव पानीमा तैरिरहेको अवस्थामा भेटियो भने अन्य दुईजना अहिले पनि बेपत्तै छन्। बाँहबारी पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। पुलिसले घटनास्थलबाट एक होण्डा आयन (एएस-15एल-2825) वाहन जफत गरेको छ। अन्य दुईजना युवकहरूलाई खोज्नको लागि एसडीआरएफको अभियान जारी छ।
