कोलकाता, 13 फरवरी : उत्तर 24 परगनाको भारत-बङ्लादेश सीमास्थित बोर्डर आउट पोस्ट पेट्रापोलमा एक महिलालाई लगभग 29 लाख रुपियाँको सुनसितै पक्राउ गरिएको छ। महिलाको पहिचान नाजनीन नाहरको रूपमा भएको छ जो मूल रूपले बङ्गलादेशको ढाका जिल्ला निवासी हुन्। बीएसएफद्वारा मंगलवार बिहान जारी बयानमा बताइएको छ, गए सोमवार अबेर साँझ ती महिला आईसीपी पेट्रापोलको माध्यमबाट भारतीय सीमामा प्रवेश गरेकी थिइन्।
सुन तस्करीको पक्का सूचना पाएपछि बीएसएफको महिला बटालियनले महिलाको जाँच गऱ्यो जसमा महिलाले कपड़ाभित्र सुनको चारवटा बिस्कुट लुकाएर राखेको भेटियो। सुनको वजन 446.560 ग्राम अनि मूल्य 29 लाख 36 हजार 995 रुपियाँ रहेको छ। जाँच अवधि मेटल डिटेक्टरमा आवाज आएको थियो जसपश्चात महिला जवानहरूले महिलाको जाँच गरेका थिए।
बीएसएफ दक्षिण बंगाल सीमान्तका जनसम्पर्क अधिकारी आईजी एके आर्यले भने, तस्करहरूहरूको हरेक उद्देश्यलाई असफल बनाउनको लागि जवान सजग छन्। लगातार गुप्तचरको इनपुटमा काम भइरहेको छ अनि यसरी नै तस्करीहरू असफल भइरहेका छन्। उनले भने, सीमामा हुने हरेक किसिमको अपराधलाई रोक्नको लागि बीएसएफ प्रशस्त छ।
