खरसाङ, 01 फरवरी : खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टीको बाघमारा बस्तीमा चार दिवसीय न्युङ्ने पूजा आयोजना गरिने भएको छ। बाघमारा बस्तीमा सन् 1997 मा स्थापना भएको ज्याङ्देर सामतालिन छ्योलिङ गुम्बामा आगामी 5 फरवरीदेखि 8 फरवरीसम्म एक छ्या न्युङ्ने व्रतको पूजा आयोजना गरिने भएको छ।
उक्त न्युङ्ने पूजामा दार्जीलिङबाट बौद्ध धर्म गुरु तेञ्जिङ म्हेम्हे उपस्थित भइ पूजा गरिने जानकारी गुम्बाको सचिव विकास लामाले दिएका छन्। उनले बताए अनुसार, यस एक छ्या न्युङ्ने पूजाको पहिलो दिन 5 फरवरीको दिन पूजा शुरु हुने र अन्तिम दिन 8 फरवरीको दिन साङ्गे हुने भएको छ। उक्त पूजामा सबैलाई उपस्थित भइदिने आह्वान् गुम्बाको सचिव विकास लामाले गरेका छन्।
