
गुवाहाटी, 14 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा छत्तीसगढ़मा आज छ चुनावी कार्यक्रमहरूमा भाग लिनेछन्। उनी आज गुवाहाटीबाट छत्तीसगढ़ पुगेर राज्यको राजिम विधानसभा क्षेत्रको सर्कस मेला मैदानमा एक जनसभालाई सम्बोधित गर्नेछन्। यसपछि, मुख्यमन्त्रीले विन्द्रानबागढ विधानसभा क्षेत्रको मैनपुरमा जनसभालाई सम्बोधित गर्नेछन्।
त्यहॉंबाट मुख्यमन्त्री गुंडरदेवी विधानसभा क्षेत्रको अर्जुनदा एनपीमा एक विशाल चुनावी जनसभालाई सम्बोधित गर्नेछन्। यस कार्यक्रमपछि उनी सोझै दुर्ग जिल्लामा एउटा रोड शोमा सहभागी बन्नेछन्। त्यहॉंबाट उनी अहिरवारा विधानसभा क्षेत्रको पानी टंकी मैदानमा जनसभामा सहभागी बन्नेछन्। यसपछि मुख्यमन्त्रीले भिलाई रोडमा आयोजित गरिने एक रोड शोमा भाग लिनेछन्।
उल्लेखनीय छ, छत्तीसगढ़ विधानसभा चुनाउमा पहिलो चरणको मतदानभन्दा अघि मुख्यमन्त्रीले विभिन्न जनसभाहरूलाई सम्बोधित गरिसकेका छन्। उक्त जनसभाहरूमा जनताको अपार भीड एवं जन समर्थनलाई देखेपछि पार्टीले दोस्रो चरणको चुनाउभन्दा अघि पनि मुख्यमन्त्रीको चुनावी कार्यक्रम निर्धारित गरेको छ।
हिन्दुस्थान समाचार/भवानी
