कोलकाता, 09 नोभेम्बर (हि.स.)। पश्चिम बंगाल सरकारले विश्वबंग वाणिज्य सम्मेलन (बीजीबीएस) भन्दा अघि बंगालको ‘पर्यटन क्षेत्र’ लाई उद्योगको रूपमा मान्यता दिएको छ। पूर्वी भारतमा पहिलोपल्ट कुनै राज्यले पर्यटनलाई उद्योगको मान्यता दिएको हो।
राज्य सचिवालय सूत्रहरू अनुसार, क्याबिनेटको बैठकमा उक्त निर्णय लिइएको हो। लामो समयदेखि विभिन्न उद्योगपति र वाणिज्य मण्डलहरूले पर्यटनलाई उद्योगको मान्यता दिन माग गरिरहेका थिए। नवान्नका अधिकारीहरूले भने, उद्योगको मान्यता प्राप्त भएपछि पर्यटन क्षेत्रमा निवेश बढ्नेछ। जसले पर्यटन केन्द्र बनाउन चाहन्छन् उनीहरूले ब्याङ्कबाट सहज शर्तहरूमा ठूलो ऋण प्राप्त गर्न सक्नेछन्।
भूमि सम्बन्धी मामिलामा पनि लाभ हुनेछ। ‘फ्री होल्ड’ अर्थात पट्टामा पाइने जमीनको मालिकाना हक पाउनु लाभदायक हुनेछ। यस प्रकार भूमिको चरित्र परिवर्तन सहज प्रकारले गर्न सकिने छ। जल एवं मनोरञ्जर कर (ट्याक्स) मा पनि छुट पाइने छ। राज्य सरकारको उद्योग जगतको निम्ति विशेष नीति छ, त्यो पर्यटन क्षेत्रमा पनि लागू हुनेछ।
उल्लेखनीय छ, 2021मा राज्य सरकारले उद्योगमा निवेश आकर्षित गर्नका लागि एउटा विशेष प्रोत्साहन नीतिको घोषणा गरेको छ। अब त्यसको लागभ पर्यटन उद्योगले पनि पाउने छ। हालैमा महाराष्ट्र, कर्नाटक, केरल, तमिलनाडु, राजस्थान, गुजरात, उत्तर प्रदेशमा पनि पर्यटन क्षेत्रलाई उद्योगको मान्यता दिइएको छ।
हिन्दुस्थान समाचार/भवानी
