कोलकाता, 26 नोभेम्बर (हि.स.)। महानगर कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा अलि अनौठो प्रकारले मौसममा परिवर्तन भइरहेको छ। एकातिर सॉंझ परेपछि बिहान घाम नलागेसम्म बाकलो कुहिरोले राज्यलाई नै ढाक्ने गरेको छ भने अर्कोतिर, तापक्रममा हल्का बढ़ोतरी शुरू भएको छ।
आइतवार न्यूनतम तापक्रम 19.4 डिग्री सेल्सियस रेकर्ड गरियो जुन सामान्यभन्दा एक डिग्री धेरै हो। अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस छ। शुक्रवार अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस छेउछाउ थियो।
कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि तापक्रममा घट-बढ जारी रहेको छ। अर्कोतिर, राज्यभरि नै जाडो पनि शुरू भइसकेको छ। दार्जीलिङ र कालेबुङमा अगावै तापक्रम सामान्यभन्दा कम छ र चिसो निकै बढ़ेको छ।
हिन्दुस्थान समाचार/भवानी
