
कोलकाता, 17 अक्टोबर (हि.स.)। देशका अन्य ठाउॅंहरूका लागि दुर्गा पूजा केवल एउटा चाड हुन सक्छ तर पश्चिम बंगालको निम्ति दुर्गा पूजा हजारौं वर्षदेखि सांस्कृतिक पहिचान बनेको छ। दुर्गा पूजाको अर्थ प्रत्येक बंगाली परिवारमा खुशी र उत्सवको माहोल हुन्छ। यस कारण पश्चिम बंगालबाट उडान भर्ने यात्रीहरूको निम्ति एयर इण्डियाले विशेष व्यवस्था गरेको छ।
एयरलाइन अनुसार, दुर्गा पूजा अवधि पश्चिम बंगालको राजधानी कोलकाताबाट उड्ने हवाई जहाजका यात्रीहरूलाई विशेष बंगाली पकवान प्रदान गरिने छ। टाटा समूहको स्वामित्वमा रहेको एयरलाइनका उडानहरूमा 21 देखि 23 अक्टोबरसम्म बंगाली पकवान प्रदान गरिने छ।
अतिथिहरूलाई एग चिकन रोल, मटन कशा, फिश कबिराजी र कोरइशुतिर कचौडी जस्ता बंगाली पकवान प्रदान गरिने छन्। लोकप्रिय बंगाल मिठाईहरू पनि थालीको हिस्सा हुनेछन्। पश्चिम बंगालका स्वादिष्ट मिठाई र यी पकवानहरूले यात्रीहरूको यात्रा स्मरणीय बन्ने बताइएको छ।
हिन्दुस्थान समाचार/भवानी
