
नयॉं दिल्ली, 05 दिसम्बर (हि.स.)। राष्ट्रिय राजधानीको वायु गुणवत्तामा आज पनि कुनै सुधार आएको छैन। हावा अझै पनि विषाक्त छ। दमा रोगीहरूका लागि यो निकै कष्टकर छ। दिल्लीमा आज बिहान वायु गुणवत्ता सूचकांक (एक्यूआई) अन्य धेरै ठाउॅंहरू भन्दा एकदमै खराब श्रेणीमा छ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड अनुसार, आनन्द बिहारमा एक्यूआई 340, अशोक बिहारमा 315, आईटीओमा 307 र जहांगीरपुरीमा 332 दर्ता गरिएको छ।
स्वास्थ्य विशेषज्ञहरू अनुसार, वायु गुणवत्ता सूचकांकको यो श्रेणी स्वास्थ्यको निम्ति एकदमै खतरनाक हो। आवश्यकता नभएसम्म घरबाट बाहिर नजानु असल हुनेछ। एयर प्यूरिफायरको प्रयोग गर्नु उचित हुनेछ। बाहिर जॉंदा मास्कको उपयोग गर्नु आवश्यक छ।
हिन्दुस्थान समाचार/भवानी
