• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > खरसाङ महाविद्यालयको 59औं स्थापना दिवस पालन, नयाँ भवनको उद्घाटन
Regional

खरसाङ महाविद्यालयको 59औं स्थापना दिवस पालन, नयाँ भवनको उद्घाटन

CliQ INDIA
Last updated: August 18, 2025 11:55 am
CliQ INDIA
Share
4 Min Read
SHARE

– हाम्रा विद्यार्थीहरूले आफ्नो ठाउँकै विद्यालय र महाविद्यालयहरूमा अध्ययन गर्न पाउनुपर्छ: अनित थापा

खरसाङ, 17 अगस्त (हि.स.)। खरसाङ महाविद्यालयको 59औं स्थापना दिवस समारोह साथै स्वर्ण जयन्ती समारोह र शैक्षिक भवनको उद्घाटन समारोह आज विविध शैक्षिक र सांस्कृतिक कार्यक्रमहरूका साथ सम्पन्न भएको छ। कार्यक्रम महाविद्यालय सञ्चालन समितिका सभापति एवं वरिष्ठ साहित्यकार डा. जस योञ्जन प्यासीको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल (जीटीए) अनित थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीएका मुख्य सल्लाहकार अमर लामा, सूचना अनि सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापा, क्षेत्रीय सभासद श्याम शेर्पा, डा. अनुराधा राई, वरिष्ठ पत्रकार केशव प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।

कार्यक्रमको शुरुवात वरिष्ठ साहित्यकार डा जस योञ्जन प्यासी र जीटीएका प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट संयुक्तरूपमा रिबन काटेर खरसाङ महाविद्यालयको नयाँ भवनको उद्घाटन गरियो। खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बलले महाविद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा नौवटा नयाँ कक्षाकोठा र स्वर्ण जयन्ती शैक्षिक भवन निर्माणादि गरिदिएकोमा जीटीए प्रमुख अनित थापाप्रति महाविद्यालयको पक्षमा कृतज्ञता व्यक्त गरे।

महाविद्यालयको नयाँ शैक्षिक प्रेक्षालयमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अनित थापाले खरसाङ महाविद्यालयलाई यस क्षेत्रको उम्दा र प्रमुख महाविद्यालय बनाउनपर्छ भन्दै आफूले पनि खरसाङ महाविद्यालयको उन्नतिका लागि हर सम्भव सहयोगको आश्वासन दिए। उनले हाम्रा विद्यार्थीहरूले आफ्नो ठाउँकै विद्यालय र महाविद्यालयहरूमा अध्ययन गर्नुपर्ने कुरोमा जोड दिए।

उनले अहिले दार्जिलिङ पहाड़मा विद्यार्थी र शिक्षक दुवैका लागि शिक्षा प्राप्त गर्न राम्रो र शान्तिपूर्ण वातावरण रहेको जनाए। उनले खरसाङ महाविद्यालयले राम्रो शैक्षिक कार्यहरू गरी राम्रो शैक्षिक उपलब्धि प्राप्त गरिरहेकोमा महाविद्यालयका प्राचार्य डा समीर बलप्रति आफू सन्तुष्ट रहेको जनाउँदै उनको प्रशंसा गरे।

विशिष्ट अतिथिका रूपमा उपस्थित वरिष्ठ पत्रकार केशव प्रधानले आफ्नो सम्बोधनमा खरसाङ महाविद्यालयले शैक्षिक उन्नति गरिरहेकोमा खरसाङ महाविद्यालयको प्रशंसा गरे। उनले अधिकांश विद्यालयहरूको मोटो अनेपाली भाषामा हुने गरेका, तर खरसाङ महाविद्यालयका चाहिँ आफ्नै भाषा-साहित्यका अजरअमर कवि लक्ष्मीप्रसाद देवकोटाका यथार्थिक र दूरदर्शी भनाइ नै रहेकाले यसलाई पनि खरसाङ महाविद्यालयको एउटा राम्रो पक्ष हो भनी बताए। उनले खरसाङ महाविद्यालयमा साझा कार्यसंस्कृति र साझा विकासको भावना पाएकोमा पनि हर्ष व्यक्त गरे।

सभाध्यक्षीय सम्भाषण प्रस्तुत गर्ने क्रममा जस योञ्जन ‘प्यासी’ ले आफूले खरसाङ महाविद्यालयमा शिक्षण गर्दाताकका केही तीतामीठा सम्झनाहरूलाई साझा गरे। यस क्रममा एक ताक खरसाङ महाविद्यालयका विद्यार्थीहरूले महाविद्यालयको भवन निमार्णादिको लागि आर्थिक सहयोग प्राप्त गर्नलाई आयोजन गरेको एउटा साङ्गीतिक कार्यक्रमलाई उनी आकाशवाणी खरसाङको कर्मचारी हुँदाहुँदै पनि कार्यक्रम सञ्चालन गरिदिएर सहयोग गरेको कुरो साझा गरे। उनले अहिले खरसाङ महाविद्यालयमा राम्रो शैक्षिक व्यवस्था र प्राध्यापकहरू भएकाले विद्यार्थीहरूले महाविद्यालयमा अध्ययन गरेर शैक्षिक सुविधाहरूको सदुपयोग गर्नुपर्ने सुझाउ राखे।

यस कार्यक्रममा गत वर्षको स्थापना दिवसदेखि यस वर्षको स्थापना दिवसको कालावधिमा विभिन्न शैक्षिक र शैक्षिकेतर उपलब्धि प्राप्त गर्ने प्राध्यापक र विद्यार्थीहरूलाई पनि सम्मान जनाइयो। विद्यावारिधीको उपाधि प्राप्त गर्ने महाविद्यालयका प्राध्यापकद्वय डा. चञ्चल अधिकारी र डा. विप्लव दास, विद्यावारिधी शोधनिर्देशन गर्ने प्राध्यापकद्वय डा. कनककान्ति वैश्य र डा. अमित शङ्कर अनि खरसाङ महाविद्यालयमा 25 वर्षभन्दा अधिक प्राध्यापन गरिसकेका प्राध्यापकद्वय डा. प्रकाश मोहरी र प्राध्यापक गङ्गाप्रसाद शर्मालाई खरसाङ महाविद्यालय परिवारको पक्षमा मुख्य अतिथि अनित थापाको बाहुलीबाट सम्मान जनाइयो।

यसरी नै उल्लेखनीय अनुसन्धानात्मक कार्यहरू गर्दै विशिष्ट उपलब्धि प्राप्त गर्ने खरसाङ महाविद्यालयका सहायक प्राध्यापक डा. शङ्करप्रसाद शाह र डा. दावा शेर्पालाई पनि सम्मानस्वरूप खदार्पण गरी स्मृतिचिह्न प्रदान गरियो। स्नातक र स्नातकोत्तर विभागका सर्वोच्च अङ्क प्राप्त गरी सफल हुने स्नातक तहका विद्यार्थीहरूलाई पनि सम्मानित गरियो।

कार्यक्रममा खरसाङ महाविद्यालयमा २५ वर्षभन्दा अधिक कार्य गरिसकेका अशिक्षण कर्मचारीहरूलाई पनि सम्मानित गरियो। कार्यक्रममा डीबी छेत्री स्मृति पुरस्कार विद्यार्थी भाष्कर उपाध्यायलाई, डीबी छेत्री स्मृति पुरस्कार विद्यार्थी प्रजला थापा, रुकमिणी छेत्री स्मृति पुरस्कार विद्यार्थी प्रियस्का खवासलाई र पीडी लामा स्मृति पुरस्कार विद्यार्थी रनेशा सेवा प्रदान गरियो। कार्यक्रममा जीटीए प्रमुख अनित थापालाई पनि खरसाङ महाविद्यालयको तर्फबाट सम्बर्द्धना जनाइएको थियो।

हिन्दुस्थान समाचार / हनोक

You Might Also Like

भिड़न्तपछि तीन उपद्रवी पुलिसको कब्जामा
गान्तोक जिल्लाका विभिन्न ठाउॅंमा पैह्रो, एसडीएमको अगुवाईमा निरीक्षण
मुख्यमन्त्रीले दिए राज्यवासीहरूलाई काग्येद छामको शुभकामना
50 फुट गहिराईमा झऱ्यो कार, तीनजना मानिसहरू फसे, ग्रामीणहरूले रातभरि चलाए बचाउ अभियान
मुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article गाँजा तस्करीको आरोपमा पाँच पक्राउ
Next Article प्रीमियर लीग: आर्सेनलले म्यानचेस्टर यूनाइटेडलाई हराएर विजयी शुरुवात गऱ्यो, केलाफियोरी बने हीरो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?