गुवाहाटी, 05 दिसम्बर (हि.स.)। राष्ट्रिय अपराध रेकर्ड ब्यूरोको रिपोर्ट अनुसार, असममा 2021 देखि अपराध दरमा 50 प्रतिशतको भारी ह्रास देखिएको छ। उक्त जानकारी मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले एक्समा दिएका छन्।
उनले लेखेका छन्, नवीनतम् एनसीआरबी रिपोर्ट अनुसार, 2021 पछि असममा कूल अपराध लगभग 50 प्रतिशत कम भएको छ। स्मार्ट पुलिसिङ, पारदर्शी भर्ती र निवेशमा हाम्रो प्रयासले फल दिइरहेको छ। असम अपराध मुक्त नबनेसम्म हामी विश्राम गर्ने छैनौ।’
मुख्यमन्त्रीले अपराध दरमा भारी गिरावटको निम्ति राज्य सरकारको द्रुत अनि पारदर्शी पुलिस भर्तीको माध्यमद्वारा स्मार्ट पुलिसिङलाई श्रेय दिएका छन्।
एनसीआरबी रिपोर्टमा भनिएको छ, अपराध दर (प्रति लाख जनसंख्या) पहिलाको 341 बाट घटेर 194.2 भएको छ। आईपीसी विशेष र स्थानीय कानून (एसएलएल) सित सम्बद्ध मामिला पहिलाको एक लाख 33 हजार 239 बाट घटेर 68 हजार 937 भएको छ।
हिन्दुस्थान समाचार
