प्रयागराज, 01 जनवरी (हि.स.)। उप्रको प्रयागराजस्थित कमिशनरेट कोर्टले समाजवादी पार्टीका मुखिया अखिलेश यादवका निकटवर्ती नेता सन्दीप यादवलाई गुण्डा एक्टको नोटिस पठाएको छ। यस नोटिसको माध्यमबाट सूचना दिइयो, उनले न्यायालयमा हाजिर भएर आफ्नो पक्ष राख्नुपर्नेछ।यो जानकारी बिहीवार पुलिस उपायुक्त नगर मनीष कुमार शाण्डिल्यले दिएका हुन्।
उनले बताए, सन्दीप यादवमाथि धरना प्रदर्शन गरेर आम मानिसहरूलाई समस्यामा पारेको सहित केही अन्य आरोपहरूको नोटिसमा उल्लेख गरिएको छ। सन्दीप यादवले समय-सीमाभित्रमा कमिश्नरेट कोर्टमा आफ्नो पक्ष राख्नु पर्नेछ। यसपूर्व माघ मेलामा मुलायम सिंह यादवको नाममा आयोजित शिविरलाई पनि नोटिस पठाइएको थियो। नोटिसमा धार्मिक मेलामा राजनीतिक कार्यक्रम आयोजना गरेको आरोप छ।
यस सम्बन्धमा डीसीपी नगरले बताए, उप्र गुण्डा एक्टको कारबाही एक प्रक्करिया हो जसलाई मुद्दाको गम्भीरता अन्तर्गत गरिन्छ अनि आरोपीलाई आफ्नो पक्ष राख्ने एक अवसर दिइन्छ जसबाट आरोपीले यो भन्ने अवसर नपाओस् कि हाम्रो पक्ष नबुझी न्यायालयले एक पक्षीय कारबाही गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
