श्रीनगर, 27 दिसम्बर (हि.स.)। सुरक्षाबलहरूले बुधवार आतङ्कवादीहरूको ठूलो षड़यन्त्रलाई विफल बनाए। जवानहरूले श्रीनगरको लावापोरामा श्रीनगर-बारामूला राजमार्गमा ग्यास सिलेण्डरमा जड़ान गरिएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिवाइस (आईईडी)- को पत्तो लगाएर नष्ट गरिदिए।
सम्बन्धित अधिकारीले बताए, सेनाको 2 राष्ट्रिय राइफल्स (आरआर), केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) औ जम्मू-कश्मीर पुलिसका सुरक्षाकर्मीहरूको संयुक्त टीमले यस राजमार्गमा आतङ्कवादीहरूद्वारा लुकाएर राखिएको आईईडी जड़ित ग्यास सिलेण्डरको पत्तो लगाए। त्यसपछि बम निरोधक दललाई बोलाएर आईईडीलाई नष्ट गरियो।
हिन्दुस्थान समाचार/ उष्णता
