अयोध्या, 22 जनवरी (हि.स.)। श्रीरामलला सोमवार अभिजीत मुहूर्तमा आफ्नो दिव्य औ भव्य मन्दिरमा विराजमान भइसकेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले वैदिक विधि विधान अनुरूप सङ्कल्प लिँदै पछिल्लो सात दिनदेखि भइरहेको प्राण प्रतिष्ठा अनुष्ठानलाई सम्पूर्ण गरे।
प्राण प्रतिष्ठा अनुष्ठान अवधि मन्दिरको गर्भगृहमा प्रधानमन्त्री लगायत राष्ट्रिय स्वयंसेवक सङ्घका सरसङ्घचालक डा. मोहन भागवत, उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल अनि मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए।
प्राण प्रतिष्ठा पूजा विधिका मुख्य यजमानको रूपमा प्रधानमन्त्रीले मन्दिर परिसरमा लगभग 12.07 बजे प्रवेश गरे। उनले आफ्नो हातमा श्रीरामललालाई लगाइदिनका लागि चाँदीको छत्र बोकेका थिए। पूजापूर्व प्रधानमन्त्रीले गर्भगृहमा प्राण प्रतिष्ठाको सङ्कल्प लिए। त्यसपछि शङ्ख ध्वनिबीच प्रधानमन्त्रीको हातबाट श्रीरामललाको विग्रहको प्राण प्रतिष्ठा गरियो। काशीका प्रख्यात वैदिक आचार्य गणेश्वर शास्त्री द्रविड़ अनि आचार्य लक्ष्मीकान्त दीक्षितको निर्देशमा 121 वैदिक आचार्यहरूले अनुष्ठान सम्पन्न गराए।
हिन्दुस्थान समाचार/उष्णता
