-पालना योजना अन्तर्गत आँगनवाड़ी-सह-क्रेचमा व्यापक मानक सञ्चालन प्रक्रिया जारी
नयाँ दिल्ली, 22 दिसम्बर (हि.स.)। केन्द्रिय महिला एवं बाल विकास मन्त्रालयले पालना योजना अन्तर्गत देशभरि 17,000 क्रेच केन्द्रहरू खोल्नेछ। यस योजना अन्तर्गत अहिलेसम्ममा 5222 क्रेचलाई मन्त्रालयले स्वीकृति दिसकेको छ। योजनाको मुख्य उद्देश्य महिलाहरूलाई कार्यबलमा सक्रिय रूपमा भाग लिनका लागि सक्षम बनाउनु हो। यसबाट राज्य अनि केन्द्रशासित प्रदेशहरूमा असङ्गठित क्षेत्रमा काम गर्ने महिला अनि उनीहरूका नानीहरूको हेरचाहमा मद्दत पुग्नेछ। योजना अन्तर्गत वर्तमान आँगनवाड़ी कार्यकर्ता अनि सहायिकाहरू सहित दुई अतिरिक्त क्रेच कार्यकर्ता अनि सहायिकाहरूको प्रतिनियुक्ति गरिनेछ। यसैले गए बिहीवारदेखि पालना योजना अऩ्तर्गत आँगनवाड़ी-सह-क्रेचमा व्यापक मानक सञ्चालन प्रक्रिया (एसओपी) जारी गरिएको छ।
विज्ञान भवनमा आयोजित कार्यक्रममा महिला एवं बाल विकासमन्त्री स्मृति ईरानीले भनिन्, सरकारको पहिलो प्राथमिकता ती महिलासम्म पुग्नु हो जसले आफ्नो घर छोड़ेर अन्यको घरमा काम गरी आफ्नो आजीविका कमाउँछ, ती महिला जसले खेत मजदूरको रूपमा काम गर्दछ, ती महिला जसले श्रमिकको रूपमा काम गर्दछ र आर्थिक गतिविधिमा भाग लिने अवसर प्रदान गर्दछ ताकि उनीहरू आफ्नो आजीविकासँगसँगै आफ्ना नानीहरूलाई पनि एउटा सुरक्षित वातावारण प्रदान गर्न सक्षम होस्।
उनले भनिन्, केन्द्र सरकारले ती राज्यहरूलाई आफ्नो समर्थन दिनेछ जसले प्रस्तावित संख्याभन्दा अधिक आँगनवाड़ी एवं क्रेच खोल्न चाहन्छ। उनले राज्यहरूलाई आ-आफ्नो क्षेत्रमा निर्माण स्थलहरूको मूलभूत मूल्याङ्कन गर्ने अनि शहरी तथा उपशहरी क्षेत्रहरूलाई चिन्हित गर्ने निर्देश दिइन् जहाँ असङ्गठित क्षेत्रमा महिलाहरूको सहभागिता अधिक छ ताकि क्रेच निर्माणको लागि उपयुक्त स्थलहरूको पहिचान गर्न सकियोस्।
यस अवसरमा सचिव इन्दीवर पाण्डेले भने, आँगनवाड़ी-सह-क्रेच (पालना) योजनाको उद्देश्य विशेष रूपले शहरी क्षेत्रहरूमा अर्थव्यवस्थाको विकासमा सहभागी महिलाहरूको समस्यालाई सम्बोधन गर्नु हो जहाँ परिवारका सदस्यहरूहरूबाट नानीहरूको हेरचाह गर्नको लागि सहायता उपलब्ध छैन तथा योगदानको सुविधाको लागि संस्थागत समर्थनको आवश्यक्ता छ। उनले भने, पालना योजना अन्तर्गत वर्तमान आँगनवाड़ी कार्यकर्ता अनि आँगनवाड़ी सहायिकाहरू सहित दुई अतिरिक्त क्रेच कार्यकर्ता र सहयिकाहरूको प्रतिनियुक्ति गरिनेछ। यस अवसरमा राज्यमन्त्री डा. मुंजपारा महेन्द्रभाइ सहित अन्य केही अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार/उष्णता
