
पटना, 20 नोभेम्बर (हि.स.)। बिहारको लखीसराय जिल्ला अन्तर्गत कबैया थाना क्षेत्रस्थित पञ्जाबी टोलमा एक प्रेम प्रसङ्गमा अन्धाधुन्ध गोली चलाएको कारणले एउटै परिवारका छःजना मानिसहरूलाई गोली लाग्यो। यिनीहरूमध्ये दुईजनाको मृत्यु भएको छ। डीएम अमरेन्द्र कुमार, एसपी पङ्कज कुमार औ एएसपी रौशन कुमार घटनास्थलमा पुगेका छन्।
गोली चलेको उक्त घटनामा शशिभूषण झाका दुईजना छोरा क्रमैले चन्दन झा एवं राजेन्द्र झाको मृत्यु भएको पुष्टि गरिएको छ। शशिभूषण झा, यिनको अर्को छोरा दुर्गा झा, बुहारी लभली देवी, पत्नी राजनन्दन झा एवं प्रीति देवी पत्नी कुन्दन झा घाइते भएका छन्।
एसपीले बताए, गोली चलाउने आशीष चौधरीको छिमेककै एकजना युवतीसित प्रेम सम्बन्ध थियो। तर युवतीका अभिभावकहरू उसको विवाह आशीष चौधरीसित गराउन चाहँदैन थिए। यसैकारण आशीषले उक्त घटनालाई परिणाम दिएका थिए।
हिन्दुस्थान समाचार/उष्णता
