
-केन्द्रिय स्वास्थ्यमन्त्री डा. मनसुख माण्डभिया र मुख्यमन्त्री डा. मोहन यादवले गरे उद्घाटन
उज्जैन, 07 जनवरी (हि.स.)। विश्वप्रसिद्ध ज्योतिर्लिङ्ग भगवान महाकालको नगरी उज्जैनको श्री महाकाल लोक परिसरमा आइतवार देशकै पहिलो हेल्दी एवं हाइजीनिक फूड स्ट्रीट ‘प्रसादम’- को लोकार्पण भयो। केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. मनसुख माण्डभिया तथा मुख्यमन्त्री डा. मोहन यादवले अपरान्ह यसको उद्घाटन गरे।
आइतवार मुख्यमन्त्री डा. मोहन यादव औ केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याणमन्त्री डा. मनसुख माण्डभियाले महाकालेश्वर मन्दिरमा आएर ज्योतिर्लिङ्ग भगवान महाकालको दर्शन अनि पूजन गरी जगतको मङ्गल एवं कल्याणहेतू प्रार्थना गरे। त्यसपछि उनले महाकाल महालोकमा निर्मित स्वस्थ तथा स्ट्रीट फूड हब ‘प्रसादम’ र ‘अवन्तिका हाट बजार’- को शुभारम्भ गरे। यस अवसरमा मुख्यमन्त्री डा. मोहन यादवको मुख्य आतिथ्य अनि केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याणमन्त्री डा. माण्डभियाको अध्यक्षतामा प्रदेशका 36 स्वास्थ्य संस्थाहरूको भूमि पूजन एवं 150 स्वास्थ्य संस्थाहरूको लोकार्पण पनि गरियो।
‘प्रसादम’ र ‘अवन्तिका हाट बजार’- को उद्घाटन पश्चात केन्द्रियमन्त्री माण्डभियाले प्रसादम र अवन्तिका हाट बजारको जायजा लिए अनि व्यञ्जनहरूको आनन्द लिए। देशको पहिलो हेल्दी एवं हाइजीनिक फूड स्ट्रीट फूड स्ट्रीट ‘प्रसादम्’- को निर्माणमा एक करोड़ 75 लाख रुपियाँ खर्च भएको छ। यहाँ समोसा-कचौड़ी एवं जङ्क फूड सहित प्लास्टिकको प्रयोगमाथि पूर्ण रूपले प्रतिबन्ध रहनेछ।
यस अवसरमा प्रदेशका उपमुख्यमन्त्री राजेन्द्र शुक्ल एवं लोक स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री नरेन्द्र शिवाजी पटेल, क्षेत्रीय सांसद अनिल फिरोजिया, विधायक डा. तेजबहादुर सिंह चौहान समेत अन्य जनप्रतिनिधि अनि अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार/उष्णता
