अल्लूरी सीताराम राजू, 12 दिसम्बर (हि.स.)। आन्ध्र प्रदेशको अल्लुरी सीताराम राजु जिल्लाको मरेदुमिल्ली घाट रोडमा शुक्रवार बिहान भएको बस दुर्घटनामा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ। घटनास्थलमै नौ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दश जना गम्भीर घाइते भएका छन्। मृत्युको आंकड़ा बढ्नसक्छ।
चित्तूर जिल्लाको विग्नेश्वरा ट्राभल्सको बस (एपी39 यूएम6543) 37 यात्रु र दुई चालकको साथ भद्राचलमबाट अराकू जाँदैथियो। बसले नियन्त्रण गुमाएपछि मारेदुमिल्ली घाट रोडको राजु गारी मेट्टु मोड नजिकै घाटीमा खस्यो। जानकारी पाउनसाथ स्थानीयवासीहरू आएर उद्धार कार्य शुरु गरे। घाइतेहरूलाई राम्रो उपचारको लागि भद्राचलम क्षेत्र अस्पताल लगियो।
मानिसहरूको भनाई छ, 6 दिसम्बर राति 9 बजी तीर्थयात्राको लागि यो बस निस्केको थियो। चित्तूर शहरका राममूर्ति नामक एजेन्टले तीर्थयात्रा आयोजना गरेका थिए। भद्राचलम दर्शन पूरा गरेपछि, बस अन्नावरम जाँदैथियो। यात्रुहरू चित्तूर जिल्लाका बासिन्दा बताइएका छन्। यो दुर्घटना पहाड़ी क्षेत्रमा भएको हो। घाट सड़कमा हिउँ जम्मा भएको कारण बस चिप्लिएर घाटीमा खसेको बताइएको छ। मृतक सबै 50 वर्षभन्दा माथिका रहेको बताइएको छ।
मुख्यमन्त्री चन्द्रबाबू नायडूले बस दुर्घटनामा शोक व्यक्त गरेका छन्। अधिकारीहरूले मुख्यमन्त्रीलाई घाइतेहरूलाई चित्तूर अस्पतालमा सारिएको जानकारी दिए।
मुख्यमन्त्रीले जिल्लाका वरिष्ठ राजस्व अधिकारीहरूलाई घटनास्थलमा पुगेर उद्धार कार्यलाई तीव्र बनाउने आदेश दिएका छन्। मन्त्री नारा लोकेश र गृहमन्त्री अनिताले दुर्घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्।
अधिकारीहरूले भने, मृतकमध्ये दुई जनाको अझै पहिचान हुन सकेको छैन। मृतकहरूमा श्रीकला, सुनंदा, शिव शंकर रेड्डी, उमा रेड्डी, कृष्णा कुमारी रघुरा मधु र पुङ्गुला प्रसाद रहेका छन्। तीमध्ये पाँच जना महिला छन्।
हिन्दुस्थान समाचार / भवानी थामी
