नयाँ दिल्ली, 28 दिसम्बर (हि.स.)। राष्ट्रिय जाँच एजेन्सी (एनआईए) बेङ्गलुरूको विशेष अदालतले गए बुधवार अल-कायदाका दुई कट्टरपन्थी सदस्यहरूलाई दोषी ठहर गर्दै सात वर्षको कारावासको सजाय सुनाएको छ।
मामिलामा एनआईए अदालतले असमका अख्तर हुसैन लस्कर उपनाम मोहम्मद हुसैन औ पश्चिम बङ्गालका अब्दुल अलिम मण्डल उपनाम मोहम्मद जुबामाथि क्रमशः 41,000 रुपियाँ र 51,000 रुपियाँको जरीमाना पनि लगाएको छ। यिनीहरूमाथि भारतीय उपमहाद्वीपमा अल-कायदाका गतिविधिहरूमा सामेल रहेको आरोप थियो।
एनआईएको जाँचमा थाहा लागे अनुसार यिनीहरूले भारतीय उपमहाद्वीपमा अल-कायदाको षड़यन्त्र अन्तर्गत खुरासानमा प्रशिक्षण लिएपछि भारतमा एक विशेष समुदायका सदस्यहरूविरूद्ध जिहाद गर्ने योजना बनाएका थिए। अफगानिस्तान सहित अन्य युवाहरूलाई कट्टरपन्थी बनाउने तथा भारतीय उपमहाद्वीपमा अल-कायदामा भर्ती गराउने प्रक्रियामा पनि थिए।
एनआईएले 30 अगस्त, 2022 -मा आईपीसीको धारा 153ए, 153बी, 120बी, 121, 121ए, 114 एवं 511 तथा यूए (पी) अधिनियम- 1967 को धारा 10, 13, 15, 16, 18 औ 20 अन्तर्गत मुद्दा दर्ता गरेको थियो। एनआईए अनुसार दुवैलाई विदेशी आधारित अनलाइन ह्याण्डलर्सद्वारा कट्टरपन्थी बनाएर भर्ती गरिएको थियो। भर्तीपछि यिनीहरू विभिन्न टेलीग्राम समूहमा सामेल भएका थिए।
हिन्दुस्थान समाचार/उष्णता
