पटना, 22 अक्टोबर। बिहारको पश्चिमोत्तर जिल्लामा आज, आइतवार बिहान भुॅंइचालोको झट्का महसूस गरियो। रिक्टर स्केलमा भुॅंइचालोको तीव्रता 5.2 मापिएको छ।
राजधानी पटना, गोपालगंज, मोतिहारी, छपरा र बगहासहित राज्यका अन्य जिल्लाहरूमा पनि बिहान लगभग 7ः24 बजी भुॅंइचालोको झट्का महसूस गरियो। भुॅंइचालोको केन्द्र छिमेकी देश नेपाल रहेको र चीन सीमा छेउ रहेको बताइएको छ।
मानिसहरूले केही सेकेण्डसम्म भुॅंइचालोको झट्का महसूस गरे र आफ्नो घरबाट निक्लिएर बाहिर आए। भुॅंइचालोले ज्यानमाललाई क्षति पुगेको सूचना प्राप्त भएको छैन।
