कासगंज, फरवरी : उत्तर प्रदेशको कासगंज जिल्लामा पटियाली दरियागंज मार्गमा शनिवार बिहान ठूलो दुर्घटना भयो। जिल्ला एटाबाट गंगा स्नान गर्न गइरहेका लगभग 40 श्रद्धालुहरूले भनिएको ट्र्याक्टर ट्रली पोखरीमा झऱ्यो। दुर्घटनामा 15 जनाको मृत्यु भएको छ। मृतकहरूमा नानीहरू पनि सामेल छन्।
दुर्घटनाको सूचना पाउनसाथ प्रशासनिक अधिकारीहरू घटनास्थल पुगे। रेस्क्यू अपरेशन चलाएर पोखरीबाट मानिसहरूलाई बाहिर निकालियो। मुख्यमन्त्रीले मृतकका आश्रितहरूलाई दुई-दुई लाख रूपियॉंको आर्थिक सहायता र घाइतेहरूलाई 50-50 हजार रूपियॉंका साथै राम्रो उपचार गराउन अधिकारीहरूलई निर्देश दिएका छन्।
जिल्ला एटाको थाना जैथरास्थित खिरिया गाउॅं र कसा निवासी 40 श्रद्धालु ट्र्याक्टर ट्रलीमा बसेर शनिवार माघ पूर्णिमाको अवसरमा गंगा स्नान गर्न कादरगंज घाट गइरहेका थिए। कासगंज जिल्लामा पटियाली दरियावगंज मार्गमा नगला पजी छेउ श्रद्धालुहरूले भरिएको ट्र्याक्टर ट्रली अनियन्त्रित भएर पोखरीमा झऱ्यो। घटनापछि निकै होहल्ला मचियो।
प्रत्यक्षदशीहरूले जानकारी दिएपछि पुलिस र स्वास्थ्य विभागको टीम घटनास्थलमा आइपुग्यो र बचाउ अभियान शुरू गऱ्यो। पोखरीमा डूबेर 15 जनाको मृत्यु भएको छ। मृतकहरूमा नानीहरू पनि सामेल छन्। घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ। सीएमओ डा. राजीव कुमार अग्रवालले 15 जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
