नयाँ दिल्ली, 05 फरवरी : प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार गोवाको भ्रमण गर्नेछन्। त्यहाँ उनले भारत उर्जा सप्ताहको उद्घाटन गर्नेछन्। साथै उनले एक सार्वजनिक कार्यक्रममा 1330 करोड़ रुपियाँभन्दा अधिकका परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नेछन्।
प्रधानमन्त्री कार्यालय (पीएमओ)-ले सोमवार बतायो, प्रधानमन्त्रीले बिहान लगभग 10:30 बजे ओएनजीसी सी सर्भाइभल सेन्टरको उद्घाटन गर्नेछन्। ओएनजीसी सी सर्भाइभल सेन्ट्रललाई भारतीय समुद्री सर्भाइभल प्रशिक्षण पारिस्थितिकी तन्त्रलाई वैश्विक मानदण्डसम्म पुऱ्याउने उद्देश्यले एक अद्वितीय एकीकृत समुद्री सर्भाइभल प्रशिक्षण केन्द्रको रूपमा विकसित गरिनेछ। यसमा प्रतिवर्ष 10,000-15,000 कर्मीहरूलाई प्रशिक्षण दिइने आशा छ।
पीएमओ अनुसार प्रधानमन्त्रीले बिहान लगभग 10:45 बजे भारत उर्जा सप्ताह- 2024 -को उद्घाटन गर्नेछन्। यो कार्यक्रम 6 –देखि आगामी 9 फरवरीसम्म गोवामा आयोजना भइरहेको छ जसमा लगभग 17 जना उर्जा मन्त्रीयहरू सहित 35,000 भन्दा अधिक मानिसहरूको उपस्थिति तथा 900 भन्दा अधिक प्रदर्शकहरूको सहभागिता रहने आशा छ। प्रधानमन्त्रीले वैश्विक तेल एवं ग्यास सीईओ अनि विशेषज्ञहरूसित एक गोलमेज बैठक गर्नेछन्।
त्यसपछि अपरान्ह 2:45 बजे प्रधानमन्त्रीले विकसित भारत औ विकसित गोवा- 2047 कार्यक्रममा भाग लिनेछन्। प्रधानमन्त्री गोवाको एक सार्वजनिक कार्यक्रममा 1330 करोड़ रुपियाँभन्दा अधिकका परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नेछन्। उनले राष्ट्रिय प्रौद्योगिकी संस्थान, गोवाको स्थायी परिसरलाई राष्ट्रप्रति समर्पण गर्नेछन्।
प्रधानमन्त्री मोदीले राष्ट्रिय जलक्रीड़ा संस्थानको नयाँ परिसरको लोकार्पण सहित दक्षिण गोवामा 100 टीपीडी एकीकृत अपशिष्ट प्रबन्धन सुविधाको उद्घाटन, पणजी औ रीस म्यागोसलाई जोड़्ने पर्यटन गतिविधिहरूसँगसँगै यात्री रोपवेको आधारशिला तथा दक्षिण गोवामा 100 एमएलडी जल उपचार संयन्त्र निर्माणको आधारशिला राख्नेछन्।
यसबाहेक उनले रोजगार मेला अन्तर्गत विभिन्न विभागहरूमा 1930 नयाँ सरकारी भर्तीहरूको नियुक्ति पत्र वितरण गर्नका साथै विभिन्न कल्याणकारी योजनाहरूका लाभार्थीहरूलाई स्वीकृत पत्र सुम्पिनेछन्।
