जम्मू, 03 मार्च : जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग पैह्रोले गर्दा आइतवार लगातार दोस्रो दिन बन्द छ। यातायात विभागका अधिकारीहरू अनुसार, रामबन जिल्लामा लगातार पानी परेको कारण धेरै ठाउँ पैह्रो गएको छ।
यातायातको निम्ति राजमार्गलाई बहाल गर्ने प्रयास जारी छ। राजमार्गमा यात्रा गर्ने यात्रीहरूलाई श्रीनगर र जम्मूमा हाम्रो नियन्त्रण कक्षसित सम्पर्क नगरी यात्रा नगर्ने सुझाउ दिइन्छ। यसबीच श्रीनगर-लेह, मुगल रोड, सिन्थन-किश्तवाड़ रोड, बान्दीपोरा-गुरेज़ र कुपवाड़ा-तंगधार रोडमा हिमपात जारी रह्यो र यातायातको निम्ति बन्द गरिएको छ।
