शिमला, 26 मार्च हिमाचल प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेता प्रतिपक्ष जयराम ठाकुरले मण्डीबाट भाजपा उम्मेदवार फिल्म अभिनेत्री कंगना रनौत विरुद्ध कांग्रेस नेत्रीले गरेको टिप्पणीमा कड़ा प्रतिक्रिया दिएका छन्।
उनले आफ्नो एक्स ह्यान्डलमा लेखेका छन्, ‘देवभूमि हिमाचलकी छोरी कंगना रनौत विरुद्ध कांग्रेसकी महिला नेत्रीले दिएको टिप्पणी अत्यन्त दुर्भाग्यपूर्ण छ। कंगना रनौत छोटी काशी भनिने मण्डीकी छोरी हुन्। उनले फिल्म जगतमा हिमाचल र मण्डीको नाम रोशन गरेकी छन्। उनी विरुद्ध यस प्रकारको टिप्पणी सहन गरिने छैन।’
भाजपा नेता ठाकुरले लेखेका छन्, ‘कंगना रनौतको अपमान सम्पूर्ण मण्डीको अपमान हो। सम्पूर्ण हिमाचलको अपमान हो। सम्पूर्ण देशका नारी शक्तिको अपमान हो। कांग्रेसको राष्ट्रिय प्रवक्ताको यो बयानले मातृशक्तिप्रति कांग्रेसको सोचलाई दर्साउॅंछ।’
उनले अझ लेखेका छन्, ‘देवभूमिका मानिसहरूले कांग्रेसकी महिला नेत्रीद्वारा मण्डीकी छोरीमाथि यस प्रकारको अपमानलाई सहन गर्ने छैनन्। मातृशक्तिको अपमान कांग्रेसको आद्दत बनेको छ। लोकसभा चुनाउमा मण्डी र हिमाचलको जनताले कांग्रेसलाई यस कृत्यको निम्ति कड़ा जवाफ दिने छन्।’
