
पटना (बिहार), 25 जनवरी : मुख्यमन्त्री नीतीश कुमारको अध्यक्षतामा गए मङ्गलवारको सट्टा बिहीवार सम्पन्न भएको बिहार मन्त्रीमण्डलको बैठक मात्र 20 मिनटमै समाप्त भयो। यति मात्र नभएर यस बैठकपूर्व एक पत्र जारी गरी मीडियामा बैठकका एजेण्डाहरूको प्रेस ब्रीफिङ्ग गर्नदेखि अस्वीकार गरियो।
त्यसपछि विभिन्न अड़कलबाजी शुरू भएको छ। आखिर यस्तो के कुरा भयो कि सीएमको क्याबिनेट बैठक मात्र 20 मिनटमै समाप्त भयो? प्रश्न उठिरहेको छ, के नीतीश सरकारमा सबैकुरा सही छ वा कुन नयाँ राजनीतिक खिचड़ी पाकिरहेको छ?
