नयाँ दिल्ली: केन्द्रिय गृह मन्त्रालय अन्तर्गत आपदा जोखिम न्यूनीकरणको निम्ति भारतीय विश्वविद्यालयहरू र संस्थानहरूको नेटवर्क (आईयूआईएनडीआरआर-एनआईडीएम) ले 08 मार्चमा अन्तरराष्ट्रिय महिला दिवस मनाउन एक विशेष कार्यक्रमको मेजबानी गऱ्यो।
‘डीआरआरमा महिला नेतृत्व’ विषयमाथि गरिएको यो कार्यक्रम डा. अम्बेडकर इन्टरनेशनल सेन्टर नयाँ दिल्लीमा बिहान 10 बजीदेखि लिएर साझँ 4 बजीसम्म आय़ोजित गरियो।
यसमा आपदा जोखिम न्यूनीकरणमा महिला नेतृत्वको सर्वोत्तम प्रथाहरूमाथि एक सार-संग्रहको विमोचन गर्नका साथै गृह मन्त्रालयद्वारा समर्थित राष्ट्रिय आपदा जोखिम न्यूनीकरण अनुसन्धान सुविधाको उद्घाटन गरियो। आपदा जोखिम न्यूनीकरणमाथि प्रधानमन्त्रीको दश सूत्री एजेन्डा अनुरूप आईयूआईएनडीआरआरको लक्ष्य आईआईटी र आईआईएम सहित उच्च शिक्षा संस्थानहरूको विशेषज्ञताको उपयोग गर्नु हो। डीआरआरमा नवाचारलाई प्रोत्साहन दिनु र जोखिमको सामना गर्ने समुदायहरूलाई बलियो बनाउनु यसको उद्देश्य हो।
यस कार्यक्रममा वरिष्ठ सरकारी अधिकारी, विश्वविद्यालयहरू, आईआईटी, आईआईएम र भागीदार संगठनहरूका प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रमको उद्घाटन राजेन्द्र रत्नू (ईडी, एनआईडीएम), संजीव कुमार जिन्दल (अतिरिक्त सचिव) र कमल किशोर (सदस्य सचिव, एनडीएमए), राजेन्द्र सिंह, सदस्य एनडीएमए सहित अन्य गण्यमान्य व्यक्तिहरूले गरे।
एनआईडीएमका कार्यकारी निदेशक राजेन्द्र रत्नूले हरेक पहलूमा महिलाहरूको नेतृत्व र एनआईडीएमद्वारा गरिएका पहलमाथि जोड दिए। सरोजिनी जी ठाकुरको अध्यक्षता र इन्द्रा मल्लोको सह-अध्यक्षतामा आपदा जोखिम न्यूनीकरणमा महिला नेतृत्वमाथि प्यानल चर्चामा डीआरआरमा महिलाहरूद्वारा उठाइएका पाइलाहरूका विभिन्न पहलुहरूमाथि प्रकाश पारियो। एनआईडीएमकी ब्रान्ड एम्बेसडर मैथिली ठाकुर पनि यस अवसरमा उपस्थित रहिन्।
