
शिमला, 15 जनवरी (हि.स.)। हिमाचल प्रदेशमा कठ्याङ्ग्रिने जाड़ो भइरहेको छ। राज्यका अधिकांश भागहरूको न्यूनतम तापमानमा निरन्तर ह्रास दर्ता गरिँदैछ। पछिल्लो 24 घण्टामा राज्यको औसतन न्यूनतम पारा 0.7 डिग्री तल झरेको छ। ऊना र मण्डी सहित सातवटा शहरहरूको न्यूनतम तापमान शून्यभन्दा कम दर्ता गरियो। पहाड़की रानी शिमलामा भने राती पारा झर्नको सट्टा चढ़िरहेको छ जसले गर्दा शिमलाको रात मैदानी क्षेत्रहरूभन्दा तातो दर्ता गरिँदैछ।
गए आइतवार राती शिमलाको न्यूनतम तापमान 6.4 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 3.7 डिग्री अधिक हो। राज्यका मैदानी क्षेत्रहरूमा रातको समयमा शिमलाभन्दा अधिक चिसो हुन्छ। मैदानहरूमा ऊना र सुन्दरनगरको पारा जमिने बिन्दूभन्दा तल झरेको छ। यस जाड़ोयाममा शिमलामा सबैभन्दा कम न्यूनतम तापमान गत 9 जनवरीमा 2.2 डिग्री सेल्सियस दर्ता गरिएको थियो। त्यसपछिदेखि शिमलाको न्यूनतम तापमानमा लगातार बढ़ोत्तरी दर्ता गरिँदैछ। एकातिर शिमलामा जाड़ोको प्रभाव कम भएको छ भने अर्कोतिर राज्यका मैदानी भागहरूले अपरान्हसम्म घना कुहिरोको सामना गर्न परिरहेको छ।
मौसम विभागको रिपोर्ट अनुसार लाहौल-स्पीति जिल्लाको कुकुमसेरी सबैभन्दा बढ़ी चिसो स्थल रह्यो जहाँको न्यूनतेम तापमान -9.4 डिग्री सेल्सियस रेकर्ड गरियो। यस अतिरिक्त केलाङ्गमा -4.6, ऊनामा -1.8, मण्डीमा -1.5, सुन्दरनगरमा -0.7, बरठीँमा -0.6 वा कल्पामा -0.2 डिग्री सेल्सियस रेकर्ड भएको छ। अन्य शहरहरूको न्यूनतम तापमानलाई हेऱ्यौं भने भुँतरमा 0.2, धर्मशालामा 6.2, नाहनमा 6.1, पालमपुरमा 3, सोलनमा 0.4, मनालीमा 1.2, काँगड़ामा 3.8, चम्बामा 2.4, डल्हौजीमा 6.4, जुब्बड़हट्टीमा 5.2, कुफरीमा 5.9, नारकण्डामा 4, भरमौरमा 5.2, रिकाङ्गपिओमा 2.1, धौलाकुवामा 3.4, समधोमा 3.3 औ सराहनमा 3.5 डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
हिन्दुस्थान समाचार/उष्णता
