
-एथर इण्डस्ट्रीज केमिकल कम्पनीमा गत बुधवार भोर बिहान विस्फोटपछि भएको थियो भीषण आगलागी
– 27 जना श्रमिहरू आगलागीको चपेटमा परेका थिए, 7 जना श्रमिक बेपत्ता भएका थिए, 8 जनाले हाल जीवन-मृत्युबीच सङ्घर्ष गरिरहेका छन्
सूरत, 30 नोभेम्बर(हि.स.)। सूरतको सचिन जीआईडीसीस्थित केमिकल कम्पनी एथर इण्स्ट्रीज लिमिटेडमा गए बुधवार भोर बिहान भएको भीषण आगलागीपछि बेपत्ता भएका 7 जना श्रमिकहरूको शव बिहीवार बिहान उद्धार गरिएको छ। शवहरूलाई पोस्टमर्टमको निम्ति सिभिल अस्पतालमा पठाइएको छ। यस दुर्घटनामा 27 जना श्रमिकहरू जलेका थिए जसमध्ये 8 जना श्रमिकहरू 70 सय प्रतिशत जलेका छन् जसले अस्पतालमा जीवन-मृत्युबीच सङ्घर्ष गरिरहेका छन्।
सूरत पुलिसका उपायुक्त राजेश परमार अनुसार कम्पनीमा काम गर्ने 7जना कर्मचारी बेपत्ता भएका थिए। उनीहरूको परिवारले उनीहरू बेपत्ता भएको जानकारी दिएका थिए। आगोलाई नियन्त्रित गरिसकिएपछि खोज-तलास गर्दा पहिला 6 जना पछि 1जना कर्मचारीको शव भेटियो। मृतक कर्मचारीहरूमा दिव्येश कुमार पटेल, सन्तोष विश्वकर्मा, सनत कुमार मिश्रा, धर्मेन्द्र कुमार, गणेश प्रसाद, सुनील कुमार र अभिषेक सिंह सामेल छन्।
जानकारी अनुसार सचिन जीआईडीसीस्थित केमिकल कम्पनी एथर इण्डस्ट्रीजमा गए बुधवार अबेर राती 2 बजे कुनै कारणले स्टोरेज ट्याङ्करमा विस्फोट भएर आगलागी भयो। कम्पनी तीन शिफ्ट अनि एक जनरल शिफ्टमा कर्मचारीहरूले काम गर्दछन्। दुर्घटना हुँदा कम्पनीमा 150 जना कर्मचारी र श्रमिकहरूले काम गरिरहेका थिए। आगलागी पश्चात त्यहाँ ठूलो खैलाबैला भयो। घटनाको जानकारी पाउनसाथ दमकलकर्मीहरूले वाहनसितै घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गर्ने प्रयास गरे।
हिन्दुस्थान समाचार/उष्णता
