नयाँ दिल्ली, 29 नोभेम्बर (हि.स.)। उत्तराखण्डको सिलक्यारा सुरूङ्गमा फसेका 41 जना श्रमिकहरूलाई 17 दिनमा गए मङ्गलवार राती सकुशल बाहिर निकालिएको समाचार प्रकाशमा आउनसाथ देशभरि खुसीको लहर छाएको छ।
एकातिर सुरूङ्ग बाहिर आएका श्रमिकहरूले राहतको सास लिए भने अर्कोतिर उनीहरूका परिवारहरूको अड़्किएको सास पुनः सञ्चारित भएको छ। अहिलेघरि श्रमिक परिवारहरूमा उत्साहको परिवेश छ। गए दीपावलीदेखि नै फसेका श्रमिकहरूको परिवारमा फैलिएको अँध्यारोले आफूसित खुसीको समाचार लिएर आएको छ। श्रमिक परिवारहरूले यस खुसीलाई दीपावली जस्तै मनाए। अब उनीहरू उनीहरूको आफन्त घर फर्किने प्रतीक्षामा छन्।
सुरूङ्गबाट सकुशल बाहिर आएका अङ्कित कुमारकी पत्नी भूमिका चौधरीले खुसी व्यक्त गर्दै भनिन्, उनको पतिलाई सुरक्षित बचाइएको खबर आउनसाथ परिवार लगायत सम्पूर्ण गाउँमा दीपावली मनाइयो। उनको पिता अङ्कितलाई घरमा ल्याउनका लागि उत्तराखण्ड गएका छन्। उत्तर प्रदेशका श्रमिक राम मिलनको परिवारले पनि खुसी मनाइरहेका छन्। उनका छोरा सन्दीप कुमारले खुसी प्रकट गर्दै भने, अब उनीहरूलाई आफ्ना पिता घर फर्किने मात्र प्रतीक्षा छ। छोराले बचाउ अभियानमा सामेल सबैप्रति आभार व्यक्त गर्दै भने, यदि उनीहरूले प्रयास नगरेका भए आज यो खुसीको क्षण उनीहरूले देख्न पाउने थिएनन्।
श्रमिक सन्तोष कुमारकी आमाले बताइन्, छोरासित फोनमा कुराकानी भएको छ। यसबेला तिनी अस्पतालमा छन्, कुशलै छन्। आमाको लागि योभन्दा छूलो कुरा अरू के हुनसक्छ र! यसरी खुसीको खबर पाएपछि परिवारमा दीपावली मनाइँदैछ। उनले यस सफल अभियानको लागि सबैप्रति आभार व्यक्त गरिन्।
हिन्दुस्थान समचार/उष्णता
