
नयाँ दिल्ली, 16 अक्टोबर (हि.स.)। केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले बताए, जम्मू-कश्मीरको शेरेबीबीमा लगभग 12 करोड़ रुपियाँको लागतमा 224 मीटर लामो टु-लेन पुलको निर्माण सफलतापूर्वक पूरा गरिएको छ।
सोमवार केन्द्रिय मन्त्री गडकरीले सोशल मीडियाको एक प्लेटफर्ममा पोस्ट गरी बताए, यो पुल एनएच -44 को रामबनदेखि बनिहाल खण्डमा अवस्थित छ। यसबाट यात्राको दूरत्व 125 मीटर कम हुनेछ अनि ढलानबाट बच्न सकिनेछ। यसबाट वाहनहरूलाई आवागमन गर्न सहज हुनेछ।
केन्द्रिय मन्त्रीले भने, यो परियोजनाले क्षेत्रको आर्थिक वृद्धिमा योगदान दिनेछ अनि समग्र कनेक्टिभिटीलाई बढ़ाउनेछ। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्व अन्तर्गत हामी जम्मू-कश्मीर राज्यमा उत्कृष्ट राजमार्ग ढाँचा प्रदान गर्ने आफ्नो प्रतिबद्धामा कायम छौं।
हिन्दुस्थान समाचार/ उष्णता
