
नयाँ दिल्ली, 17 अक्टोबर (हि.स.)। महाराणा प्रतापका वंशज विश्वराज सिंह मेवाड़ र दिवगङ्त लोकेन्द्र सिंह कालवीका पुत्र भवानी सिंह कालवी मंगलवार भाजपामा सामेल भए। नेताद्वयले भाजपा मुख्यालयमा राष्ट्रिय महासचिव अरूण सिंह, केन्द्रिय राज्यमन्त्री (स्वतन्त्र प्रभार) अर्जुनराम मेघवाल एवं राजस्थान प्रदेश अध्यक्ष सीपी जोशीको उपस्थितिमा पार्टीको सदस्यता ग्रहण गरे।
भवानी सिंह कालवी राजपूत समाजका नेता एवं पूर्व केन्द्रियमन्त्री कल्याण सिंह कालवीका नाती हुन्। उनका पिता दिवङ्गत लोकेन्द्र सिंह कालवी प्रदेशका चर्चित समाजसेवी रहिसकेका छन्। कालवी पोलो खेलाड़ी हुन् भने राजस्थानको स्थापित नाम पनि।
केन्द्रिय विधि एवं न्याय राज्यमन्त्री (स्वतन्त्र प्रभार) मेघवालले भने, राजस्थानमा दुई ठूला नेताहरू सामेल हुनु भनेको पार्टीको लागि महत्वपूर्ण कुरा हो। आगामी वर्ष 2047-सम्ममा भारतलाई विकसित देश बनाउने मोदीजीको संकल्पमा राजस्थानको महत्वपूर्ण योगदान रहनेछ।
भवानी सिंह कालवीले भने, उनी एकजना पोलो खेलाड़ी हुन् र धेरैवटा अन्तरराष्ट्रिय खेलहरू खेलिसकेका छन्। भाजपाले टीमको नातामा जे पनि मलाई जिम्मा दिन्छ त्यसमाथि हामी टीम प्लेयरको रूपमा मिलेर काम गर्नेछौं र गेमलाई जिताउने प्रयास गर्नेछौं। यसरी नै विश्वराज सिंहले भने, ”मेरा पूर्खाहरूले (महाराणा प्रताप) सदैव सर्व समाजको भलाईको लागि सोचेका छन् र यसै सोचलाई लिएर म आज भाजपासित जोड़िएको छु।”
हिन्दुस्थान समाचार/उष्णता
