• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > मध्य प्रदेशमा कफ सिरपका कारण बालबालिकाको मृत्युको क्रम जारी, संख्या १७ पुग्यो
National

मध्य प्रदेशमा कफ सिरपका कारण बालबालिकाको मृत्युको क्रम जारी, संख्या १७ पुग्यो

CliQ INDIA
Last updated: October 7, 2025 6:40 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

भोपाल, ०७ अक्टोबर (हि.स.)। तमिलनाडुमा निर्मित कफ सिरपले मध्य प्रदेशमा ठूलो त्रासदी ल्याएको छ। सोमबार छिन्दवाडाको एक बालिकाको मृत्यु भएपछि मृतक बालबालिकाको संख्या १७ पुगेको छ। ताजा घटनामा तामिया जुनापानीका नवीन डेहरियाको डेढ वर्षीया छोरीको उपचार नागपुर मेडिकल कलेजमा भइरहेको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो।

उल्लेखनीय छ, ‘कोल्ड्रिफ’ कफ सिरप सेवनपछि धेरै बालबालिकाको मिर्गौला फेल भएको पाइएको छ, जसले राज्यभर ठूलो हलचल मच्चाएको छ। घटनाको कारण पत्ता लगाउन मध्य प्रदेश पुलिसको विशेष अनुसन्धान टोली तमिलनाडु पठाइएको छ। परीक्षणमा उक्त सिरपमा डायथिलिन ग्लायकलको मात्रा ४८.६ प्रतिशत पाइएको थियो, जुन अत्यन्तै विषाक्त र मानव स्वास्थ्यका लागि घातक रसायन हो। त्यसपछि तमिलनाडु सरकारले ३ अक्टोबरमा श्रेसन फार्मा कम्पनीको उत्पादन तत्काल रोक्ने आदेश दियो। अब मध्य प्रदेश पुलिसले सो कारखानाको विस्तृत अनुसन्धान गर्नेछ, ताकि उत्पादनमा भएको लापरवाही र विषाक्त सिरप बजारसम्म कसरी पुगेको हो, त्यो पत्ता लागोस्।

छिन्दवाडाका पुलिस अधीक्षक अजय पाण्डेका अनुसार, एसआईटी मंगलबार कारखानामा पुगेर सिरप उत्पादनमा प्रयोग भएका रासायनिक तत्वहरूको परीक्षण र उत्पादन प्रक्रियामा भएको त्रुटिको अनुसन्धान गर्नेछ। अनुसन्धानपछि एफआईआरमा थप धाराहरू जोडिने र आरोपितहरूको संख्या पनि बढ्न सक्ने बताइएको छ।

यस घटनाले प्रशासनिक सुस्ततालाई पनि उजागर गरेको छ। पहिलो मृत्यु ४ सेप्टेम्बरमा भएको थियो, तर मृत्यु संख्या दोहोरो अंकमा पुगेपछि र मिडियामा समाचार फैलिएपछि मात्र प्रशासन सक्रिय भयो। सोमबार राज्य सरकारले ड्रग कन्ट्रोलर दिनेशकुमार मौर्यलाई पदमुक्त गर्‍यो र उप–ड्रग कन्ट्रोलर शोभित कोष्टा, छिन्दवाडाका औषधि निरीक्षक गौरव शर्मा तथा जबलपुरका निरीक्षक शरदकुमार जैनलाई निलम्बित गर्‍यो। यी अधिकारीहरू माथि बिक्री रोक्न ढिलाइ गरेको, पर्याप्त नमूना नलिएको र रिपोर्ट आउन अनावश्यक विलम्ब गराएको आरोप लागेको छ।

यसबीच, राष्ट्रिय मानव अधिकार आयोगले पनि घटनाको गम्भीर संज्ञान लिएको छ। आयोगले मध्य प्रदेश, राजस्थान र उत्तर प्रदेश सरकारहरूलाई नोटिस जारी गर्दै बालबालिकाको मृत्युका कारणको अनुसन्धान गर्न र नकली वा संदिग्ध औषधिको बिक्री तुरुन्त रोक्न निर्देशन दिएको छ। साथै, स्वास्थ्य मन्त्रालय, औषधि नियन्त्रण महा–निदेशालय र केन्द्रिय औषधि मानक नियन्त्रण संगठनलाई देशभर यस्ता औषधिको आपूर्ति जाँच गर्न आदेश दिएको छ।

आयोगका सदस्य प्रियंक कानूनगोले भने, “देशभर कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु अत्यन्त गम्भीर विषय हो। सम्बन्धित राज्य र केन्द्रिय निकायहरूलाई तुरुन्त बिक्री रोक्न र नमूना परीक्षणको रिपोर्ट पेश गर्न निर्देशन दिएका छौं। यसमा संलग्न वा लापरवाह अधिकारी र कम्पनीहरूमाथि कडा कारबाही हुनेछ।”

घटनापछि हरियाणा, झारखण्ड, महाराष्ट्र र कर्नाटक सरकारले पनि कोल्ड्रिफ सिरपको बिक्रीमा प्रतिबन्ध लगाएका छन्। झारखण्ड सरकारले रेस्पीफ्रेस र रिलिफ कफ सिरप जस्ता अन्य ब्रान्डहरू पनि प्रतिबन्धित गरेका छन्।

मुख्यमन्त्री डा. मोहन यादवले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै आफ्ना सबै कार्यक्रम रद्द गरी सोमबार आफैं परासिया पुगेर पीडित परिवारसँग भेट गरे। उनले भने, “यो पीडा केवल पीडित परिवारको होइन, पूरै प्रदेशको पीडा हो। दोषीहरूलाई कुनै हालतमा पनि बख्सािने छैन।” उनले तत्काल जिम्मेवार अधिकारीहरूलाई पदमुक्त गर्ने आदेश दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्रधानमन्त्री मोदीको नेतृत्वमा नौ वर्षमा पूर्वोत्तर राज्यहरूमा सर्वाधिक विकास भयोः सोनोवाल
सर्वोच्च अदालतले महिलाहरुको मस्जिद प्रवेश र धार्मिक अभ्यास डक्ट्रिनमा एआईएमपीएलबी तर्क सुने
राजनाथ सिंहले पाकिस्तानलाई दिए चेताउनी- यदि भारतीय भूमिमा आतङ्कवादी आक्रमण भयो भने छोडिने छैन
अमित शाहले बिहारको सीमाञ्चलमा जनसांख्यिकीय परिवर्तन र घुसपैठबारे पहिलो उच्चस्तरीय समीक्षाको अध्यक्षता गर्ने
प्रधानमन्त्री मोदीले गरे लोकतन्त्रको उत्सवमा उत्साहका साथ भाग लिन अपील

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article प्रधानमन्त्री मोदीद्वारा महर्षि वाल्मीकि जयन्तीको शुभकामना
Next Article बाबूले गाली गर्दा रूष्ट छोरीले गरी आत्महत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?