नयाँ दिल्ली, 25 अक्टोबर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले बुदवार राष्ट्रपति भवनमा ब्रह्माकुमारी संस्थाद्वारा आयोजित अन्तरधार्मिक बैठकमा भनिन्, प्रेम र करूणा बिना मानवता जीवित रहन सक्दैन।
राष्ट्रपतिले भनिन्, जब विभिन्न धर्मका मानिसहरू एकसाथ मिलीजुली बस्छन् तब समाजल र देशको सामाजिक तानाबाना सुदृढ़ हुन्छ। यही शक्तिले देशको एकतालाई अझ सुदृढ़ बनाउँछ अनि प्रगतिको पथमा अग्रसर गराउँछ। उनले भनिन्, हाम्रो लक्ष्य आगामी 2047सम्ममा भारतलाई एक विकसित राष्ट्रको रूपमा स्थापित गर्नुहो र यस लक्ष्यलाई हासिल गर्नमा सबैको सहयोगको खाँचो पर्छ।
यस अवसरमा राष्ट्रपतिले भनिन्, धर्मले हाम्रो जीवनमा महत्वपूर्ण स्थान राख्दछ। धार्मिक मान्यता र प्रथाहरूले हामीलाई विपरीत परिस्थितिहरूमा लराहत, आशा र शक्ति प्रदान गर्दछ। प्रार्थना, ध्यान औ अनुष्ठानले मनुष्यलाई आन्तरिक शान्ति एवं भावनात्मक स्थिरताको अनुभव गराउनमा मद्दत गर्छ, तर शान्ति, प्रेम, पवित्रता र सत्यता जस्ता मौलिक आध्यात्मिक मूल्यले नै हाम्रो जीवनलाई सार्थक बनाउँछ। मूल्यरहित धार्मिक प्रथाहरूले हाम्रो कल्याण गर्नसक्दैन। समाजमा शान्ति र सद्भावलाई प्रेरित गर्नको लागि सहिष्णुता, एका-अर्काप्रति सम्मान र सौहार्दको महत्वलाई बुझ्न आवश्यक छ।
हिन्दुस्थान समाचार/उष्णता
