– पूर्वमन्त्री चौधरी लाल सिंहको आवासमा पीएमएलए सम्बन्धि मामिलामा छापा
जम्मू, 17 अक्टोबर (हि.स.)। प्रवर्तन निदेशालय (ईडी)-ले मंगलवार जम्मू-कश्मीरका पूर्वमन्त्री एवं सांसद चौधरी लाल सिंहको आवास जम्मू, कठुआ र पठानकोटमा आठ ठाउँ छापामारीको कारबाही गऱ्यो। यो कारबाही रेड आरबी एजुकेशनल ट्रष्टविरूद्ध दर्ता पीएमएलए मामिला गरिएको हो। ट्रष्टकी अध्यक्ष लाल सिंहकी पत्नी कान्ता अंदोत्रा हुन्।
ईडीको आरोप छ, एक षड़यन्त्र अन्तर्गत ट्रष्टलाई 329 कनाल भूमि आवन्टन गरिएको थियो। सीबीआईले 12 सेप्टेम्बर, 2020-मा यस मामिलामा एफआईआर दर्ता गराएको थियो जस पश्चात ईडीले मनी लण्ड्रिङ्गको मामिला दर्ता गराएको छ र यसै अन्तर्गत यो छापामारीको कारबाही पनि गरिएको हो। ट्रष्टकी चेयरपर्शन कान्ता अंदोत्रासित सम्बन्धित ठेगानाहरूमा ईडीले छापामारी गऱ्यो। ट्रष्टका अधिकारीहरूमाथि आरोप छ, उननीहरूले यस कामलाई सफल बनाउनको लागि जिल्लाको राजस्व अनि वन अदिकारीहरूलाई घूस दिएका थिए ताकि उनीहरूले वन्य भूमिलाई खरिद गर्न सकोस्। यस मामिलामा सीबीआईले पनि कारबाही गरिसकेको छ।
जम्मूको शास्त्री नगरमा नगरपाल रविन्द्र सिंह, मीरा साहबमा एडभोकेट अशीष कोतवाल समेत जम्मूको गुलशन ग्राउण्ड नजिकै अवस्थित एउटा घरमा पनि एजेन्सीको टीम पुगेर खानतलासी लियो। अर्कोतिर मन्त्रीका समर्थकहरूले उक्त कारबाहीको विरोध गरिरहेका छन्।
हिन्दुस्थान समाचार/उष्णता
