देहरादून, 22 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरकाशीको सिलक्यारा सुरूङ्गमा फसेका 41 जना श्रमिकहरूको सुरक्षित फिर्तीको लागि भइरहेका राहत अनि बचाउ कार्यहरूको लगातार अपडेट लिरहेका छन्। प्रधानमन्त्रीले बुधवार पाँचौं पटक उत्तराखण्डका मुख्यमन्त्रीलाई फोन गरी आवश्यक आपूर्तिको जानकारी लिए।
मुख्यमन्त्री पुष्कर सिंह धामीले सोशल मीडिया पोस्टको माध्यमबाट प्रधानमन्त्रीसित भएको बातचितको जानकारी दिए। मुख्यमन्त्रीले भने, प्रधानमन्त्रीले फोन कल गरी सिलक्यारा, उत्तरकाशीमा निर्माणाधिन टनलमा फसेका श्रमिकहरूको लागि भोजन, औषधि लगायत अन्य आवश्यक वस्तुहरूको आपूर्ति अनि उनीहरूलाई सकुशल बाहिर निकाल्नका लागि भइरहेको बचाउ कार्यहरूको जानकारी लिए।
मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई केन्द्रिय एजेन्सी, अन्तरराष्ट्रिय विशेषज्ञ एवं प्रदेश प्रशासनको परस्पर समन्वयमा सञ्चालित बचाउ कार्यहरू बारे अवगत गराए। उनलाई बितेको 24 घण्टामा भएको सकारात्मक प्रगति एवं श्रमिकहरूको उनीहरूको परिवारजनसित भएको बातचितबाट मनोबल बढ़ेको जानकारी पनि गराइयो।
मुख्यमन्त्रीले भने, यस कठिन परिस्थितिसित भिड़्नका लागि प्रधानमन्त्रीबाट निरन्तर मार्गदर्शन पाइरहेका छौं जसले हामी सबैलाई पूर्ण शक्तिको साथमा श्रमिक दाज्यु-भाइहरूलाई शीघ्र अनि सुरक्षित बाहिर निकाल्नका लागि नित नयाँ उर्जा प्रदान गर्दछ।
हिन्दुस्थान समाचार/उष्णता
