
नयॉं दिल्ली, 16 जनवरी (हि.स.)। जाडोको यस मौसममा दिल्लीको तापक्रममा अचानक कुनै परिवर्तन हुने छैन। मौसमको प्रभावका कारण जाडो बिस्तारै कम भएर जानेछ। भारतीय मौसम विज्ञान विभाग (आईमडी) वैज्ञानिक सोमा सेनले दिल्ली र उत्तर भारतमा मौसमको स्थितिमाथि मिडियासॅंग कुराकानी गर्दै उक्त कुरा भनेकी हुन्।
सोमा सेन अनुसार, दिल्ली र उत्तर भारतमा न्यूनतम तापक्रममा धेरै परिवर्तनको आशा गरिएको छैन। हुन सक्छ घॉंम लागेपछि तापक्रममा एक डिग्रीको वृद्धि हुनेछ, तर कुहिरो पनि लागिरहने छ।
सोमा सेनले भनिन्, छिमेकी क्षेत्रहरूमा कम परिवर्तनको स्थिति पनि जारी रहन सक्छ, जस कारण हरियाणा र पंजाबमा आगामी दुई तीन दिनसम्म गम्भीर जाडोको स्थिति आउन सक्छ।
हिन्दुस्थान समाचार/बिशाल
