
राँची, 30 दिसम्बर (हि.स.)। झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निदेशालय (ईडी)-ले शनिवार सातौं पटक समन पठाएर बोलाएको छ। ईडीले उनलाई सात दिनभित्रमा बयान दर्ता गराउने आग्रह गरेको छ साथै दुई दिनभित्रमा यस्तो स्थानको नाम बताउने आग्रह गरेको छ जुन उनको लागि पनि र एजेन्सीको लागि पनि उपयुक्त होस्।
ईडीले मुख्यमन्त्री सोरेनलाई पहिलो पटक गत 14 अगस्तमा जाँचबुझको लागि बोलाएको थियो। त्यसपछि क्रमैले गत 24 अगस्त, 9 सेप्टेम्बर, 23 सेप्टेम्बर, 4 अक्टोबर र 12 दिसम्बरमा समन पठाएर जाँचबुझको लागि राँची जोनल कार्यालयमा डाकेको थियो। मुख्यमन्त्रीलाई लेखेको पत्रमा ईडीले भनेको छ, बड़गाईँ अञ्चलका राजस्व कर्मचारी भानु प्रतावको मामिलामा दर्ता ईसीआईआर संख्या आरएनजेडओ/25/23 -को जाँच भइरहेको छ। यो जाँच सरकारी कागजपत्रमा छेड़छाड़ अनि षड़यन्त्रसित सम्बन्धित छ। यसमा बयान दर्ता गर्नको लागि यसपूर्व छःवटा समन पठाइसकिएको छ। तपाई एकपटक पनि ईडी कार्यालयमा उपस्थित हुनु भएन। यसको लागि तपाईले निराधार कारण बताउनुभयो जसले गर्दा जाँचमा अड़चन आइरहेको छ।
उल्लेखनीय छ, मुख्यमन्त्रीले ईडीको समनलाई दुर्भावना औ राजनीतिद्वारा प्रेरित बताउँदै आफूलाई सताएको आरोप लगाइरहेका छन्। साथै समन फिर्ता नलिए कानूनको मार्ग अप्नाउने कुरा गरिसकेका छन्। मुख्यमन्त्रीले सुप्रीम कोर्टको ढोका ढक्ढकाइसकेका छन्। सुप्रीम कोर्टले उनलाई हाईकोर्टमा जाने सल्लाह दिसकेको छ। हाईकोर्टमा पनि गए, तर त्यहाँ कुनै प्रकारको राहत प्राप्त भएन।
हाई कोर्टबाट सोरेनलाई झट्का लागेपछि ईडीले उनलाई छैटौं समन पठाएको छ। यसलाई लिएर मुख्यमन्त्रीले ईडीलाई पत्र लेखेका छन् जसम् भनिएको छ, उनले आफू र आफ्नो परिवारिक सदस्यहरूको सम्पत्तिसित सम्बन्धित जानकारी पहिला नै एजेन्सीलाई दिसकेका छन्। सम्पत्तिको खरिद वैध श्रोतबाट गरिएको हो। आयकर विभागले यसलाई स्वीकार गरिसकेको छ। यसैले यदि ईडीलाई कुनै पनि जानकारी चाहिन्छ भने त्यसको उसले लिखित उल्लेख गरोस्।
हिन्दुस्थान समाचार/उष्णता
