कोलकाता, 26 नोभेम्बर (हि.स.)।
पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालय बाहिर बूथ–स्तरीय अधिकारी (बीएलओ) द्वारा गरिएको प्रदर्शनलाई गम्भीर सुरक्षा चूकका रूपमा लिँदै केन्द्रीय निर्वाचन आयोग (ईसीआई) ले कोलकाता पुलिस आयुक्त मनोज कुमार वर्मालाई ४८ घण्टाभित्र विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। बुधबार पठाएको पत्रमा आयोगले उल्लेख गरेको छ, सीईओ कार्यालयको हालको सुरक्षा व्यवस्था यस्तो परिस्थिति सामना गर्न अपर्याप्त सिद्ध भएको छ।
निर्वाचन आयोगका सचिव सुजीत कुमार मिश्राले पठाएको पत्रमा भनिएको छ, मुख्य निर्वाचन अधिकारी मनोज अग्रवाल तथा संयुक्त मुख्य निर्वाचन अधिकारीहरू, उप–मुख्य निर्वाचन अधिकारीहरू र कार्यालयका अन्य कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न तुरुन्त ठोस कदम चालिनु आवश्यक छ।
आयोगले संवेदनशील परिस्थितिमा सुरक्षा स्तरको उचित वर्गीकरण गर्नुपर्ने पनि उल्लेख गर्दै भविष्यमा कुनै पनि प्रकारको अप्रिय घटना दोहोरिन नदिन सतर्क रहन निर्देशन दिएको छ।
मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियाका क्रममा अत्यधिक कार्यभार तथा दबाउको आरोप लगाउँदै बीएलओहरूले सोमबार र मंगलवार लगातार ३० घण्टा सीईओ कार्यालय बाहिर धरना दिएका थिए। प्रदर्शन मंगलवार साँझसम्म जारी रह्यो, जसपछि आयोगले घटनालाई गम्भीरतापूर्वक लिंदै यसबारे पत्र राज्यका मुख्य सचिव, गृह सचिव तथा पुलिस महानिरीक्षकलाई पनि प्रतिलिपि पठाएको छ।
निर्वाचन आयोगले स्पष्ट निर्देश दिएको छ, सीईओ कार्यालयमा कार्यरत अधिकारी तथा कर्मचारीहरूको सुरक्षा उनीहरूको निवास, कार्यालय आवत–जावत तथा भ्रमणका क्रममा पनि सुनिश्चित गरियोस्, र कुनै पनि प्रकारको सुरक्षा चूकको सम्भावना पूर्ण रूपमा समाप्त गरियोस्।
—————
हिन्दुस्थान समाचार / भवानी थामी
