नयाँ दिल्ली, 03 दिसम्बर (हि.स.)। कङ्ग्रेस मुख्यालयमा आइतवार बिहानदेखिकै उत्साहको परिवेश थियो। कङ्ग्रेस नेता तथा कार्यकर्ताहरूले पाँचैवटा राज्यमा उनीहरूको पार्टीले सरकार बनाइरहेको दाबी गरिरहेका थिए। कङ्ग्रेस मुख्यालय बाहिर राहुल प्रियङ्का गान्धी सेनाद्वारा पहिलो पटक भगवान राम अनि हनुमानजीको फोटोसितै ब्यानर- पोस्टर टाँसिएको छ।
यी ब्यानर अनि पोस्टरहरूमा सबैभन्दा माथि भगवान राम र हनुमानजीको फोटो अङ्कित गरिएको छ। त्यसपछि कङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, राहुल गान्धी, प्रियङ्का गान्धी सहित अन्य कङ्ग्रेस नेताहरूको तस्वीर राखिएको छ। ब्यानर-पोस्टरहरूमा लेखिएको छ- ”राहुल सबैभन्दा माथि छन् त्यसैले त भाजपा गइरहेको छ।”
दिल्ली कङ्ग्रेससित सम्बन्धित मेघनाले कङ्ग्रेस मुखयालय बाहिर आज ”हिन्दुस्थान समाचार”- सँग बातचित गर्दै भनिन्, उनले आफ्ना परिवार अनि पार्टी कार्यकर्ताहरूसित कङ्ग्रेस मुख्यालय बाहिर पार्टीको जितको निम्ति हवन-पूजा गरिन्। उनी चाहन्छन् कि कङ्ग्रेसले पाँचैवटा राज्यहरूमा जित हासिल गरोस्। दिल्ली कङ्ग्रेसका फूल सिंहले भने, भाजपा सरकार महँगी, बेरोजगारीलाई नियन्त्रण गर्न असफल भइरहेको छ। यसैले भाजपा पराजय भइरहेको अनि कङ्ग्रेसले पाँचैवटा राज्यहरूमा जितिरहेको छ। हरियाणा कङ्ग्रेससित सम्बन्धित एकजना कार्यकर्ताले भने, भारत जोड़ो यात्रा गरिएपछि कङ्ग्रेसको तस्वीर फेरिएको छ। हामी सशक्त भएका छौं। हाम्रो जित निश्चित छ।
तर यो स्थिति तीन घण्टापछि बिहान 10 बजेदेखि उता बदलिन थाल्यो। मध्य प्रदेश र राजस्थानमा भाजपा धेरै अगाड़ि रहेको, छत्तीसगढ़मा पनि अगाड़ि नै रहेको तथा तेलङ्गानामा मात्र कङ्ग्रेस अगाड़ि रहेको समाचार आएपछि कङ्ग्रेस मुख्यालय बाहिर पहिला जुन उत्साह थियो त्यो निराशामा परिणत भयो। बिहानदेखि नै नगाड़ामा नाँचिरहेका मानिसहरूमा त्यो उत्साह वा शक्ति नै सञ्चार हुन छोड़्यो जसले गर्दा उनीहरू वरिपरीका रूखहरूको तल थचक्क बसे। नगाड़ाको धुन रोकियो।
हिन्दुस्थान समाचार/उष्णता
